गुल्मी,जेठ१५
रुरु एफ एमका सहकर्मी प्रेम सुनार गुल्मीको धुर्कोटगाउँपालिकाद्धारा उत्कृष्ट पत्रकारिता बर्ष पुरस्कार–२०७६ बाट पुरस्कृत भएका छन ।
११ औं गाणतन्त्र दिवसको अवसरमा रुरु एफ एमका सहकर्मी सुनारले समाजलाई सकारात्मक दिशा तर्फ डोराउन र बिशेष गरि असाहय, गरिव–विपन्न परिवारमा उत्कृट ढंगले पत्रकारिता गरेको भन्दै सम्मान गरिएर्कोट धुर्कोट गाउँपालिकाले जनाएको छ ।
सुनारले पत्रकारिता मार्फत धुुर्कोट गाउँपालिका भित्रका ५ जनालाई उपचार खर्च जुटाई दिएका छन । विचल्लीमा परेका बालबालिकाको उद्धारमा बिेशेष भुमिका खेलेका छन । त्यस गाउँपालिकाको सबै भन्दा ठुलो पुरस्कार शहिद सम्शेरबहादुर खत्री बर्ष पुरस्कार २०७६ बाट मरोणाउप्रान्त पुर्व सांसद रुद्रमणि शर्मा भण्डारीलाई पुरस्कृत गरिएको छ ।
उक्त पुरस्कार स्वर्गिय भण्डारीको धर्मपन्ती शकुन्तला भण्डारीले ग्रहण गरेकी थिईन ,। त्यस्तै शहिद खिमविक्रम नेपाली शैक्षिक बर्ष पुरस्कार वाग्ला माध्यामिक विद्यालयले प्राप्त गरेको छ । त्यस्तै शहिद विष्णु बस्नेत बर्ष कृषक पुरस्कारबाट यस बर्ष ७ लाख मुल्य बराबरको सुन्तला बिक्रि गर्न सफल नयाँगाउँका कृषक टिकाबहादुर हमालले प्राप्त गरेका छन ।
शहिद जेदुराम भण्डारी उत्कृष्ट बर्ष पशुपालक कृषका रुपमा ६० वटा भन्दा बढि खाख्रा पालन गरेका पिपलधाारका जगतबहादुर जिसी पुरस्कृत भएका छन । उत्कृष्ट बर्ष कर्मचारी पशु स्वास्थ्य प्राविधिक ज्ञानबहादुर कार्की पुरस्कृत भएका छन । उत्कृष्ट शिक्षक बर्ष पुरस्कार धुर माध्यामिक विद्यालयका शिक्षक भोजराज भण्डारीले प्राप्त गरेका छन । उत्कृष्ट स्वास्थ्य सेवा बर्ष पुरस्कारबाट हाडहाडे स्वास्थ्य चौकीका ईञ्चर्ज बाबुराम पोखरेलले प्राप्त गरेका छन ।
पुरस्कृतहरुलाई कार्याक्रमका प्रमुख अतिथी जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुली, धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल उपप्रमुख शिवबहादुर खत्री लगायतले नगद पुरस्कार , प्रमाण पत्र र दोशल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण त्यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काँशिराम पन्थीले गरेका थिए ।