कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी पाइएका हुन्।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश ५ स्वास्थ्य निर्देशनालयले यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो रोगसम्बन्धी अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको थियो।
सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ।
‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो।
तथ्याङ्कमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ। औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घर वरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनु पर्छ।
विश्वभर धूमपानरहित दिवस मनाइँदै
पछिल्लो समय मुटु रोग तथा युवाहरूमा हृदयाघात हुनुको प्रमुख कारण धूमपान रहेको बताइएकाे छ ।
युवा तथा महिलाहरूमा कम उमेरमा हृदयाघात हुनुको प्रमुख कारण धूमपान सेवन हो। लगातार पाँच वर्ष भन्दा धूमपानको अम्मली भएका युवामा ह्यदयघात धेरै भएको पाइएको छ।
धूमपानको सेवन हाम्रो शरीरमा तत्कालीन र दीर्घकालीन दुई तरिकाले असर गर्ने तथा लामो समयसम्म धूमपान गर्नाले फोक्सोको क्यान्सर जस्तो समस्या देखिन्छ तत्कालीन रूपमा मुटुमा समस्या देखिन्छ ।
चुरोटको सेवनले क्यान्सर हुन्छ । यसले मुटुमा समेत असर गर्छ , दुई खिल्ली चुरोट सेवनले मात्र पनि मुटुमा समस्या पुर्याइ हृदयघात हुने सम्भावना हुन्छ । हाम्रो शरीरमा रातो रक्तनली र नीलो रक्तनलीबाट रक्तसञ्चार हुन्छ। नीलो नली हामीले देख्न सक्छौँ तर, रातो नली देखिँदैन। धूमपानका कारण निकोटिनले रातो रक्तनलीहरू कडा हुन थाल्छन्।
फलस्वरूप कोलेस्ट्रोल बढ्छ। त्यसैले धूमपान गर्नेलाई मुटुरोग लाग्ने सम्भावना तीन गुणा बढी हुन्छ । पछिल्लो समयमा युवा अवस्थामा नै मुटुरोगि को संख्या बढ्दै गएको छ। यसको प्रमुख कारण भनेको धूमपान हो। युवा उमेरका धेरैले धूमपान गर्ने भएकाले ४० वर्ष भन्दा कम उमेरका मानिसहरू हृदयाघातको कारण अकालमै मृत्युवरण गर्ने प्रमुख कारण धूमपान नै रहेको छ।