काठमाण्डौ – देशभरको मौसम आइतबार पनि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आइतबार दिउँसोपछि काठमाण्डौसहित पूर्वी नेपालमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ ।
देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमित जसो वर्षा भैरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर असिनासहित पानी आउने गरेको छ ।
अहिले प्रिमनसुन ९मनसुन सुरु हुनुभन्दा पहिले०को समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार पनि काठमाण्डौ उपत्यकामा सामान्य बदली रही अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा भएको थियो ।
यो वर्ष नेपालमा मनसुन केही ढिलो गरी प्रवेश गर्ने मौसमविदहरुले बताएका छन् ।