अनिल खत्री गुल्मी –
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीले बलियो घरमा प्रहरी बसेकाले शान्ति सुरक्षा कायम हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ८ को सिमलटारीमा नव निर्मित प्रहरी चौकी भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरिक्षक अधिकारी कानुन हातमा लिएर अपराधीक तत्व गर्नेलाई प्रहरीले नछोडने बताउनु भयो ।
प्रहरी अब बलियो घरमा बसेको छ गुन्डागृर्दी, फटाही, दादागिरी कसैले गर्छ भने चोटिलो ढंगबाट प्रहार गर्न निर्देशन समेत दिनुभयो । नागरिकलाई शान्ति सुरक्षा दिने सवालमा अपराधीक तत्वलाई चोटिलो ढंगले प्रहर गरे बलियो घरमा प्रहरी बसेको छ भन्ने अनुभूति नागरिकले पाउने बताउनु भयो ।
उहाँले धाग धम्की दिएर पैसा उठाउने, मार्छु काटछु, बम पडकाउछु, अपहरण गर्छु भन्ने तत्वलाई प्रहरीले ठिक पार्ने बताउनु भयो ।
कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गुल्मी जिल्लाको सदरमुकामबाट बिकट मानिएको ठाउँमा प्रहरी चौकी भवन सहित सुरक्षा निकायको उपस्थिति हुनुले नागरिकलाई सुरक्षा अनुभूतिमा थप टेवा मिलेको बताउनु भयो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष रितबहादुर थापाले भवन बनि सकेपछि आगामी पुरा गर्नु पर्ने काममा हातेमालो गरेर अगाडी बढने बताउनु भयो ।
नवनिर्मित भवन नेपाल सरकारको रु १ करोड ६७ लाख ९९ हजार ८१ रुपैयाँ लागतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए । २०७४ साल चैत्र महिनामा १ वर्ष भित्र सम्पन्न गर्ने गरि बाटाजु कन्टकष्सन वुटवलले निर्माणको जिम्मा लिएको थियो । समय अबधीमै काम सम्पन्न गरेको भन्दै निर्माण कम्पनीलाई सम्मान गरिएको थियो ।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक अधिकारी र मालिका गाउँपालिका अध्यक्षले सम्मान गरेका थिए ।
जिल्लामा क वर्ग २ वटा इलाका प्रहरी कार्यालय, ख वर्गमा २ वटा प्रहरी चौकी, २ वटा अस्थाी प्रहरी चौकी गरि २१ वटा प्रहरी यूनिट रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अधिकांश प्रहरी चौकी भवन भाडाको घरमा रहेका छन् ।