अर्घाखाँची – नेपाली कांग्रेस अर्घाखाँचीको जनजागरण अभियान आज अर्घाखाँचीको छत्रदेव गाँउपालिका वाड नमवर ८ अर्घातोषमा सम्पन्न भएको छ ।
गत बैशाख २५ गतेबाट कंग्रेसलाई जागृक गराउने उद्देश्यले अर्घाखाँची सहित देशभर जनजागरण अभियान कांग्रेसले सञचालन गरेको थियो ।
आज भएको कार्यक्रममा मन्तब्य राख्दै नेपाली काँग्रेसका नेता दिप कुमार उपाध्यायले सरकारले जनताको हितमा भन्दापनि आफ्नो हितमा काम गरिरहेको आरोप लगाउनु भयो । उहाले जनताले दुइ तिहाइको सरकारबाट धेरै अपेक्षा राखेपनि जनताको आशा निरासामा परिणत भएको बताउनु भयो ।
उहाले बर्तमान सरकार भ्रष्टाचारको वरिपरि रोमलिएको बताउनु भयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु मुस्कानले दुई तिहाईको सरकारले पनि देशको आर्थिक आवस्थामा सुधार ल्याउन नसकेको बताउनु भएको छ । उहाले बर्तमान सरकारले नयाँकाम गर्न नसकेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका निबर्तमान सभापति कमल प्रसाद भुसाल, उप–सभापति शान्ता भण्डारी, जिल्ला सचिब बिष्णु भुसाल, महासमिति सदस्य सुर्य प्रसाद अधिकारी, केशव श्रेष्ठ,यादव घिमिरे, डाक्टर मुक्तिराम श्रेष्ठ, डाक्टर वय बहादुर टण्डन, महाधीबेसन प्रतिनिधि तथा छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, पुर्व सचिब लोकेन्द्र बिक, जिल्ला सदस्य नेत्रप्रसाद भटराइ, हेमन्त बेल्वासे, चन्द्रा गैरे, बाबुराम पौडेल, वडा अध्यक्ष राजकुमार श्रेष्ठ, ताराप्रसाद श्रेष्ठ, नेविसंघका भरतमणि भटराइ , पत्रकार प्रेम आचार्य लगायतले सम्बोधन गर्नु भएको छ ।
कार्यक्रम मुमलाल खनालको अध्यक्षता, चन्द्रमान श्रेष्ठको स्वागत र तारा प्रसाद फुल्लेलको सञ्चालनमा सम्पन्न भएको हो । पहिलो चरणको कार्यक्रम आजबाट समापन भएको छ ।