गुल्मी – हिजो साझ आएको हावाहुरीले बिभिन्न ठाउमा क्षति पुर्याएको छ ।
हावाहुरीले गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ६ दौघाका ५- ७ वटा घरका छाना उडाएको छ । घरको छाना उडाएपछि पिडितहरु छिमेकिको घरमा बसेको छन ।
यस्तै अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ ।
हावाहुरीले अर्धाखाचीका ६ वटै स्थानीय तहका दुई दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। हावाहुरीले छत्रदेव गाउँपालिकामा मात्र एक दर्जनभन्दा बढी घरको छानो उडाएको छ।
यस्तै, हावाहुरीले पोल ढलेकाले विद्युत सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा पनि अवरुद्ध भएकाले क्षतिबारे थप जानकारी दिन समस्या भैरहेको प्रहरीले जनाएको छ।
यस्तै हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ ।
हावाहुरीले उडाएको घरको जस्तापाता जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिनुभयो।
हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।