जेठ २२, २०७६
आज जुन ५ तारिख । विश्वभरी नै विश्व वातावरण दिवस मनाईदैछ । वातावरण जोगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । यो सँगै विश्वभरी नै वातावरण जोगाउन पहल गर्दै विभिन्न जनचेतनामुलक कार्यक्रम गरी वातावरण दिवस मनाउने गरिएको छ । विश्वभरी सञ्चालित उद्योग, कलकाराखानाको रसायन र प्लास्टिकको प्रयोगले वातावरण प्रदुषण बढ्दै गएको छ ।