कमल पौडेल
जेठ, बागलुङ,
रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका वडा नं. ११ रिघाले हिरक महोत्सवको तयारी सुरु गरेको छ। २०१६ सालमा स्थापना भएको विद्यालयले ६० औं वर्षको अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
मंगलवार विद्यालयमै पत्रकार सम्मेलन गरि ब्रोसलेट सार्वजनिक गर्दै कार्यक्रम सार्वजनिक गरिएको हो। ब्रोसलेट सार्वजनीक गर्दै गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले पूर्व विद्यार्थी लगाएतले विद्यालयलाई के दिन सक्यौं? भन्ने बुझ्नुपर्ने भन्दै पूर्व विद्यार्थीहरु एक जुट हुनुपर्ने वताउनु भएको छ। विद्यालयलाई सहयोग गर्ने वेला आएको भन्दै आफै पूर्ण सहयोग गर्न तयार रहेको बताउनु भएको छ।
त्यस्तै वडा अध्यक्ष डम्बर श्रीसले सवै क्षेत्र एकतावद्ध भएर हिरक महोत्सव सफल पार्न आग्रह गर्नुभएको छ। विद्यालय व्यावस्थापन समितिका सदस्य आसा राना श्रीसले सवै अभिभावक एक जुट भएर महोत्सव सफल पार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता, शिक्षक देव विश्वकर्माको स्वागत मन्तव्य तथा शिक्षक नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो।
के के छन् त कार्यक्रम?
२०७६ मंसिर २५ गते देखि २९ गते सम्म हुने महोत्सवमा खुल्ला फुटवल प्रतियोगीता, अन्तर विद्यालय छात्र छात्रा भलिबल प्रतियोगीता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगीता, अन्तर मावि (कक्षा ९ देखि १२) स्तरीय ३ कि.मि. म्याराथुन दौड प्रतियोगिता, मावि तह स्तरीय हाजिरि जवाफ प्रतियोगीता, आधारभुत तह स्तरीय रिले दौड प्रतियोगीता, अभिभावक रस्सा कसी प्रतियोगीता लगाएतका कार्यक्रम सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।
आर्थिक सहयोग गर्नेको सम्मान के छ?
‘प्रविधियुक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पूर्वाधार हाम्रो ईच्छा’ भन्ने नारा सहित सम्पन्न हुने महोत्सवलाई विद्यालयको आर्थिक श्रोत वृद्धि महोत्सवको रुपमा विद्यालयले मनाउन लागेको छ। जस अन्तरगत विद्यालयलाई सहयोग गर्ने सहयोग दातालाई सम्मान गर्ने विद्यालयले जनाएको छ।
अहिले सम्म कति उठ्ने भयो?
महोत्सवको तयारी संगै सहयोगी हातहरु वढ्दै गएका छन्। पत्रकार सम्मेलनमै झण्डै ६ लाख रकम संकलन हुने भएको छ। महोत्सवको अवसरमा ३ करोड वढि सहयोग उठाउने लक्ष्य रहेको मुल समारोह समितिका अध्यक्ष तारा वहादुर पुनले वताउनु भएको छ।