जेष्ठ २३-
नेपाली राष्ट्रिय फुटबल टिमले आज चाईनिज ताईपेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ताईवानमा हुने खेल नेपाली समय अनुसार बेलुकि पौने ५ बजेबाट सुरु हुनेछ । विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टोली चीन पुगेको हो । गत आईतबार नेपालले मलेसियासँग खेलेको मैत्रीपुर्ण खेल २–० ले गुमाएको थियो । फिफा वरियतामा नेपाल भन्दा माथि रहेको चाईनिज ताईपेविरुद्व समेत नेपाली टिमले कडा चुनौती पेश गर्ने प्रयास गर्नेछ । मलेसियामा लयमा बिगारेको नेपाली टिम ताइवानमा उत्कृष्ट प्रर्दशनको प्रयास गर्ने अपेक्षा गरिएको छ ।