जेष्ठ २३ – अर्घाखाँचीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने एक विद्यार्थीको मृत्यु भएको हो । उनको बुधबार सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो ।
तिमिल्सना माछा मार्ने क्रममा घाईते भएका थिए उनको उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।