जेठ २३ – प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।
ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ । प्रहरीका एक अधिकारीका अनुसार उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।
नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् ।