कमल पौडेल
जेठ, बागलुङ
बडिगाड गाउँपालिका वडा नं. ६, सुरकुडेकी २३ वर्षिय जिसु वुढाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ। घरमै सुत्केरी भएकि जिसुले जन्माएकी छोरीको पनी मृत्यू भएको छ।
जेठ २० गते दिउसो ३ वजे घरमै सुत्केरी भएकी जिसुकी छोरीको २ घण्टा पछि मृत्यू भएको थियो। सोहि घटनाले विक्षिप्त भएकी जिसुलाई वल्ल स्वास्थ्यचौकी लैजाने तयारी गरिएको थियो। भौगोलिक रुपमा विकट रहेको सुरकुडेवाट बेलुका ८ वजे मात्रै स्थानियले विसुलाई खार वजारमा रहेको बडिगाड पोलिक्लिनीकमा पुर्याएका थिए।
अत्याधिक रक्तश्राव भएका भन्दै पोलिक्लनीकले करिव एक घण्टाको उपचार पछि पाल्पा पठाएको थियो। २१ गते विहान ४ वजे पाल्पा पुर्याइएकि जिसुलाई ४ पोका रगत चढाइएको थियो। त्यसपछि सामान्य अवस्थामा फर्किएकी जिसु २१ गते साँझ तिर पुन विरामी परेपछि आइसीयुमा राखिएको थियो।
रातको २ वजे उनलाई वचाउन नसकिएको भनेर डाक्टरले भनेको मृतककी सासु लालमाया वुढाले बताउनुभएको छ।
जिसुको गत भाद्र २८ गते महिनावारी रोकिएको र असारको ५ को वरपर सुत्केरि हुन सक्ने मितिको रेकर्ड स्वास्थ्य चौकी मा भेटिएको छ। बडिगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवका अनुसार बडिगाड गाउँपालिका वडा नं. ५ को दाँगको क्लिनिकमा उनको गर्भजाँच भैरहेको थियो।
यहि जेठ १२÷१३ गते तिर उनलाई झाडापखला लाग्यो, मासि समेत परेको भन्दै स्थानिय स्वास्थ्य कर्मि श्री नारायण संगवाट औषधि लगेको र झाडापखला निको भएको उनका श्रीमान् रवि वुढाले जानकारी दिनुभएको छ।
२० गते विहान १० वजे तिरबाट जिसुलाई सुत्केरी व्याथा लागेको थियो।
दोश्रो वच्चा भएकोले परिवारका सदस्यहरुले पनि स्वास्थ्यचौकी जाने वारे नसोचेको र दिउसो ३ वजे साधारण तरिकालेनै घरमै वच्चा जन्मिएको जिसुकी सासुआमा लालमाया वुढाले जानकारी दिनुभयो।
सुत्केरी भएको २ घण्टामै साथको वच्चाले साथ छोड्यो, त्यो घटनाले निकै विक्षिप्त भइन् विसु, उनको पेट निकै दुखिरहेको थियो त्यसै समयमा श्रीमान्लाई वोलाएर भनिन्, ‘अव म वाँच्दिन होला, बच्चालाई राम्रो सँग पाल्नु है।’, अहिले पनि रविले झल्झली त्यहि वाक्य सम्झिरहेका छन्, उनको कानमा श्रीमतिले भनेको त्यहिकुरा नै अन्तिम वन्यो, त्यसपछि उनको कुरा कहिल्यै नसुन्ने भए।