अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रुपन्देहीमा प्रहरी निरीक्षकलाई घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय रन्यौरा ९मुर्गिया ० मा कार्यरत प्रहरी निरीक्षक केशबबहादुर बस्नेतलाई १५ हजार घुससहित बिहीबार बेलुका पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक बस्नेत ले नदीजन्य पदार्थ बालुवा, गिटी उत्खनन् र ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले बताएको छ ।