प्रहरीले एक जना लुटेरालाई गोली हानेर नियन्त्रणमा लिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले काका भनिने छिरिङ तामालाई आज गोली हानेर नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो । फरार रहेका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली हानेको थियो । प्रहरीले सोही समूहका अन्य चार जनालाई पनि पक्राउ गरेको छ । काठमाडौँको जोरपाटी क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । बिभिन्न चोरी तथा लुटपाटका घटनमा संलग्न भएको र त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।