अनिल खत्री
२५ जेठ, गुल्मी – लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले उच्च राशीको पुरस्कार सहित सुरु गरेको लोक गायन प्रतियोगिताको देस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ । गत बैशाख १५ गतेबाट सुरु गरिएको ‘गुल्मी लोकतारा २०७६ सिजन २’ को देस्रो चरणको छनोट कार्यक्रम शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको हो ।
गुल्मी जिल्लाको बिभिन्न ग्रामीण स्थानमा पहिलो चरण १ सय ६७ जनाबाट छनोेट भएका मध्ये ३५ जना दोस्रो चरणमा छनोट भएका थिए । दोस्रो चरणमा छनोट भएका प्रतियोगिले लोक बिधामा प्रस्तुति राखेका थिए ।
प्रतियोगि मध्ये तेस्रो चरणको लागि २१ जना छनोट भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले बताए । दोस्रो चरणको छनोट कार्यक्रममा प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्री र प्रतिष्ठान रुपन्देही जिल्ला कार्यसमति एबं गायक उज्जवल गिरीले निर्णयकको भूमिका गरेका थिए ।
प्रतिष्ठानले तेस्रो चरणको छनोट कार्यक्रम जेठ ३१ गते गर्ने भएको छ । तेस्रो चरणबाट छनोट भएका मध्ये १० जना फाइनल चरण्को लागि छनोट गरिने अध्यक्ष पन्थले बताए । तेस्रो चरणको छनोट कार्यक्रममा प्रतिष्ठानको अञ्चाल कार्यसमितिबाट हुने भएको छ ।
भने फाइनल प्रतियोगिबाट उत्कृष्ट छनोट प्रतिष्ठान केन्द्रिय कार्यसमितिले गर्ने प्रतिष्ठान गुल्मीका अध्यक्ष पन्थले बताए । प्रतियोगिताको फाइनल कार्यक्रम भने असार अन्तिम साता गरिने भएको छ । जिल्ला शाखा गुल्मीको अधिबेशन सहित फाइन कार्यक्रम पनि गरिने अध्यक्ष पन्थले बताए ।
फाइनल कार्यक्रम अधिबेशनको अबसर पारेर प्रतिष्ठान गुल्मीले राष्ट्रिय स्तरकार कालाकार सहित बिकास दुत, सरसफाई दुत, सामाजिक दुत, श्रेष्टा सम्मान, उत्कृष्ट पत्रकारिता पुस्कार, उत्कृष्ट सदस्य पुरस्कारले बिभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरिने अध्यक्ष पन्थले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, कप र प्रमाणपत्र , द्धितिय हुनेले नगद रु ३० हजार , कप र प्रमाणपत्र, तृतिय हुनेले नगद रु २० हजार कप र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक बसन्त खत्रीले बताए ।
प्रतिष्ठान गुल्मी शाखाले ०७१ सालमा पनि यस्तो कार्यक्रम गरेको थियो ।