गुल्मी , जेष्ठ २५
बाल बिकास सहयोगी कार्यकर्ता हकहित संघर्ष समिति छत्रकोट गाउपालीका गुल्मीले बिभिन्न माग राख्दै गाउपालीकामा ज्ञापन पत्र बुझाउने भएको छ ।
आज श्रृङ्गगामा भेला भएका बालबिकास सहयोगी कार्यकर्ताले दरबन्धी कायम गरि थाइ प्रक्रियामा लैजानुपर्ने, प्रावि तृतिय श्रेणी सरह सुबिधा पाउनुपर्ने र पोषाक र महंङगी भत्ता पाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाउने निर्णय गरेको समितिका अध्यक्ष निशा पन्थ कंडेलले जानकारी दिनुभयो ।
हाल छत्रकोट गाउपालीकाको बिभिन्न बिद्यालयमा ४४ जना कार्यरत रहेका छन ।बालबिकास सहयोगी कार्यकर्ताले मासिक रु ६ हजार रुपैयामात्र पाउने गर्दछन ।