२७ जेठ,
कपिलवस्तुमा श्रीमानले इँटा प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बुँङचीका अगमन चौधरीले इँटा प्रहार गर्दा श्रीमती गीता चौधरीको ज्यान गएको हो ।
श्रीमानले टाउको र छातीमा प्रहार गरेको इँटा लागेर गम्भीर घाइते गीताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
डीएसपी पाण्डेका अनुसार, चौधरीले मदिरा सेवन गरेर श्रीमतीमाथि इँटा प्रहार गरेको खुलेको छ । घटनापछि इलाका प्रहरी कार्यालय, पिपराले उनलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताउनुभएको छ ।