कमल पौडेल
२७ जेठ, बागलुङ,
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा गर्भवति महिला तथा बालबालिकाहरुको पोषण प्रवद्र्धन सम्बन्धि सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ।

बडिगाड गाउँपालिका वडा नं. २ भित्रका गर्भवति तथा हजार दिन भित्रका आमाहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका सहजकर्ता चुरामणि कँडेलले सहजिकरण गर्नुभएको थियो।

खर्वाङ वर्थिङ सेन्टरको समन्वयमा भएको कार्यक्रममा स्थानिय स्वास्थ्यकर्मिहरुको समेत सहभागिता रहेको थियो।

सो कार्यक्रममा बालवालिकाको लागी आवश्यक लिटो सहित खाना वनाउने, पोषण सुधारको लागी प्रयोग गर्न सकिने वस्तु लगाएतका विषयमा जानकारी गराइएको थियो।