युगराज बस्याल ,
गुल्मी, जेष्ठ २८
गुल्मीको रुरु गाउपालीकाको बलेटक्सारमा बम्घा प्राचिन दरबार पर्यटकिय सम्भाव्यता अध्ययनको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्राचिन बम्घा दरबार ,कोट,रानीले काटेको ढुङगा लगायत यस क्षेत्रकै पर्यटन बिकासको सम्भाव्यता अध्ययनको लागी सरोकारवाला ,जन प्रतिनिधि ,र स्थानिय बिच सामाजिक बिकास मन्चले अन्तरक्रिया गरेको हो ।
समाज विकास मन्च गुल्मीका संयोजक अशोक थापाको अध्यक्षता रहेको कार्यक्रममा प्रमूख अतिथि ५ नं पदेश विशेषधिकार समिति संयोजक कमल राज श्रेष्ठ, ,जिल्ला वन अधिकृत बोदराज सुबेदी ,रुरु गाउपालीका अध्यक्ष निलकण्ठ गौतम, उपाध्यक्ष लक्ष्मी पन्थ, वडा नं। ५ का अध्यक्ष हरि प्रसाद ज्ञवाली, वडा नं। ४ का अध्यक्ष फर्सुराम ज्ञवाली, वडा नं।१ का अध्यक्ष रामलाल बि.क, वडा नं ३ का अध्यक्ष शेश नारायण ज्ञवाली लगायत जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि प्रदेश सांसद एवम् बिशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ठले इतिहासको खोजि गरि त्यसलाई पुर्णता दिनुपर्ने बताउनुभएको थियो ।
गाउपालीका अध्यक्ष निलकण्ठ गौतमले बम्घामा रहेका टावरलाई अन्यत्र सारेर पुरानो स्वरुप दिनुपर्नेमा जोड दिनुभएको थियो साथै उहाले बम्घा कोट सेरोफेरोका स्थानियको करिब २१ रोपनि जग्गा गाउपालीकाले खरिद गर्ने प्रक्रिया अगाडि बताएको बताउनुभएको छ ।
पर्यटन बिज्ञ डा राजिव दाहालले पर्यठनको एउटा धारबाट अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा डिभिजन बन कार्यालयका प्रमुख बोजराज सुवेदिले मौलिकता बचाउनुपर्नेमा जोड दिनुभएको थियो ।
अन्तरक्रियामा पुर्ण बहादुर राना र मिन प्रसाद ज्ञवालीले स्थानियको रिति अनुसारको इतिहास बताउनुभएको थियो । कार्यक्रममा समाज विकास मन्च ले बम्घा कोटमा खोज गरिएका सामाग्रि प्रस्तुत गरेको थियो ।
आयोजकको तर्फबाट कार्यक्रमका अध्यक्ष अशोक थापाले प्राप्त सुझावका आधारमा सम्भाव्यता अध्ययन गरिने बताउनुभएको छ ।
कार्यक्रम प्रदेश सरकार उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय र डिभिजन बन कार्यालयको आर्थिक लगानिमा हुनेछ ।