युगराज बस्याल,
गुल्मी,जेष्ठ २९
छत्रकोट गाउपालीका गुल्मीले गर्भवती झण्डा, क्याल्सियम ट्याव र पोषण प्याकेज बितरण गरेको छ ।
वडा नम्बर ४ का गर्भवति महिलाहरुलाई मगंलबार हरेक बार खाना चारको सचेतनाको लागि कार्यक्रमका बिच पोषण प्याकेज अन्तर्गत निलो झण्डा , क्याल्सियम ट्याव र चारथरि खानाको प्याकेज बितरण गरिएको हो । कार्यक्रममा वडा नम्बर ४ का ३० जना गर्भवति महिला सहभागि भएका थिए ।
सोहि अबसरमा वडाका २३ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष एवम श्रृङ्घगा प्राथिमिक स्वास्थ्य केन्द्रका अध्यक्ष डिलाराम न्याउपानेले गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य केन्द्रका उपाध्यक्ष होमनाथ कडेल, कार्यपालीका सदस्य रुनमाया सिंजाली,स्वास्थ्य केन्द्र प्रमुख डा बिवर्स पराजुली, उद्योग वाणिज्य सघं बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवाली,महिला स्वास्थ्य स्वयम सेविका राधा न्याउपाने ,गर्भवति निरा नेपाली लगायतले आ आफ्नो बिचार राख्नुभएको थियो ।
कार्यक्रमको बारेमा स्वास्थ्य शाखा प्रमुख पुण्य पौडेलले प्रकाश पार्नुभएको थियो ।
गुल्मीको छत्रकोट गाउपालीकामा एक हजार एक सय ५९ घरधुरी रहेको छ ।
सिनियर अहेव रामचन्द्र ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन श्याम सुन्दर पोख्रेलले गर्नुभएको थियो ।
वडा नम्बर ४ का गर्भवति महिलाहरुलाई मगंलबार हरेक बार खाना चारको सचेतनाको लागि कार्यक्रमका बिच पोषण प्याकेज अन्तर्गत निलो झण्डा , क्याल्सियम ट्याव र चारथरि खानाको प्याकेज बितरण गरिएको हो । कार्यक्रममा वडा नम्बर ४ का ३० जना गर्भवति महिला सहभागि भएका थिए ।
सोहि अबसरमा वडाका २३ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष एवम श्रृङ्घगा प्राथिमिक स्वास्थ्य केन्द्रका अध्यक्ष डिलाराम न्याउपानेले गर्नुभएको थियो ।
गुल्मीको छत्रकोट गाउपालीकामा एक हजार एक सय ५९ घरधुरी रहेको छ । ६ हजार ३ सय ८२ जनसङख्यामा तिन महिना पुगेका तिस जना गर्भवती महिला रहेका छन ।