राधा पोख्रेल,गुल्मी
जेष्ठ २९,
मेडिटेक इन्टरनेस्नल कलेजको बृहत सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गा गुल्मीमा सम्पन्न भएको छ ।
मेडिटेक कलेजमा एचए तेसो्र वर्षका बिद्यार्थीले प्रोजेक्ट वर्क अन्र्तगत वडा नम्बर चार का तिन सय पन्ध्र घरधुरीमा स्वास्थ्यका बिभिन्न अठार बिषयमा गरेको सर्वेक्षण प्रस्तुत गरेका थिए ।
सर्वेमा ५ वर्ष मुनिका बालबालीकाको अभिभावकहरुलाई छनौट गरिएको थियो । सर्वेमा अधिकासं सुचाङ्गक सन्तोष जनक रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गाउ कार्यपालीका सदस्य रुनमाया सिंजालीले गर्नुभएको थियो ।
कार्यक्रममा मेडिटेक कलेजका संचालक समिति सदस्य तोयनारायण ज्ञवाली,कोडिनेटर लक्ष्मण रायमाझी, स्वास्थ्य केन्द्र प्रमुख डा बिवर्श पराजुली लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम शुसिला नेपालीको संचालनमा सम्पन्न भएको थियो ।