पोखरा,
जेठ २९,
पोखराको उत्तम चोकमा लागूऔषध बोकेका एक व्यक्तिमाथि कास्की प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरीको गोली लागि लागु औषध कारोबारी ३० वर्षीय गोविन्द थापा घाइते भएका छन् ।
नियन्त्रणमा लिन खोज्दा ३० वर्षीय गोविन्द थापाले प्रहरीमाथि नै आक्रमण गरेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ।
अमरसिंह चोक नजिकै रहेको उत्तमचोकमा रहेको एक रेष्टुरेष्टमा गोली चलेको हो । चेकजाँचका क्रममा उक्त रेष्टुरेष्टमा प्रहरी पुगेपछि प्रहरीलाई लागु औषध कारोबारीले दाउराले प्रहार गरेपछि प्रहरीले जवाफी फायर खोलेको हो ।
घाइतेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको छ । त्यस्तै प्रहरीतर्फ पनि एक जना घाइते भएका छन् ।
उनको पार्कल्याण्ड अस्पतालामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी घटनामा संलग्न २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।