रामकृष्ण कडेल, जेठ २९ गुल्मी।
खिमानन्द फाउन्डेसन गुल्मिदररबार गाउँपालिका वडा नम्बर ५ अमर अर्बाथोक गुल्मिको आयोजनामा आज प्रशंसनिय दृस्टिकोण आजको युवाको आवश्यकता भन्ने शिर्षकमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गुल्मिदरबार गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा युवाहरूमा आत्म विश्वास र सकारात्मक सोच विकास गराइ स्वाबलम्बनका साथ जीवन लाई सार्थक बनाउन आवश्यक शुत्र सहित युवाहरूमा नयाँ जोस र क्षमता अभिबृद्दी गराउन उक्त कार्यक्रम गरिएको आयोजकले बताएको छ।
कार्यक्रमको सहजीकरण प्रशंसनिय दृष्टिकोणका राष्ट्रिय अध्यक्ष रामबहादुर राउतले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथी गुल्मिदरबार गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले कार्यक्रमले युवाहरुको आत्मविश्वासको विकास भइ राष्ट्र बिकासमा महत्वपुर्ण योगदान पुग्ने भएकोले आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख बहादुर बस्नेतले युवा शक्ति देशको प्रमुख शक्ति भएकोले युवामा सकारात्मक सोचको विकास गराई स्वावलम्बित हुन सकारात्मक भावनाका साथ काम गरेमा जीवन सार्थक हुने बताउनु भएको थियो।फाउन्डेसनका अध्यक्ष हरिनारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मिदरबार गाउँपालिका भित्रका ९० जना युवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका भितका वार्ड अध्यक्षहरु शिक्षा अधिकृत , स्वास्थ्य शाखा प्रमुख पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रमको संचालन जिवलाल पौडेलले गर्नुभएको थियो।