युगराज बस्याल,
गुल्मी जेष्ठ ३०,
शिक्षा बिकास योजना गुल्मी क्षेत्र नम्बर एकको बैठक छत्रकोट गाउपालीका गुल्मीमा सम्पन्न भएको छ ।
बैठकले परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको उपस्थितिमा गत फागुन २३ गते गुल्मी क्षेत्र नम्बर एक स्तरिय शैक्षिक गुणस्तर अभिबृद्धि अभियान्ताहरुको गठित कार्य समुहको नाम, शिक्षा बिकास योजना राख्ने, संस्थाको बिधान बनाई औपचारिकता दिने ,शैक्षिक अन्र्तक्रिया कार्यक्रम सन्चालन गर्ने लगायतका निर्णय गरेको छ ।
सोहि बैठकले संस्थाको औपचारिकताको लागी कार्र्य गर्न मधुकर पाण्डेय संयोजक रहेको पाँच सदस्य समिति गठन गरेको छ ।
जसमा रोहित भण्डारी,डोरबिक्रम श्रीस,हिरा कुमार श्रेष्ठ ,बिष्णु प्रसाद ज्ञवाली सदस्य रहनुभएको छ ।
शिक्षा बिकास योजनाले रुरु गाउपालीकाको रिडि उच्च माध्यमिक बिद्यालयमा असार ५ गते ,छत्रकोट गाउपालीकाको जन जागृती माध्यमिक बिद्यालयमा असार ६ गते शिक्षकहरुको क्षमता अभिबृद्धिको लागी अन्तरक्रिया गर्ने भएको छ ।
यस्तै गुल्मी दरबार गाउपालीकामा असार ७ गते ,रेसुङ्गगा नगरपालिकामा असार ८ गते शिक्षकहरुको क्षमता अभिबृद्धिको लागी अन्तरक्रिया गर्ने भएको छ ।
सत्यवति गाउपालीकामा असार ९ गते,ज्ञानोदय माध्यमिक बिद्यालय मजुवामा असार १० गते शिक्षकहरुको क्षमता अभिबृद्धिको लागी अन्तरक्रिया गर्ने भएको छ ।
यस्तै चन्द्रकोट गाउपालीकामा असार ११ गते र कालीगण्डकी गाउपालीकामा असार १२ गते शिक्षकहरुको क्षमता अभिबृद्धिको लागी अन्तरक्रिया गर्ने भएको छ ।
कार्यक्रमको अध्यक्षता छत्रकोट गाउपालीका अध्यक्ष मधुकृष्ण पन्थले गर्नुभएको थियो ।
कार्यक्रममा परराष्ट्र मन्त्रीका स्वकिय सचिव जंग नेपाली,चन्द्रकोट गाउपालीकाका अध्यक्ष द्रोण खत्रि, रुरु गाउपालीकाका अध्यक्ष निलकण्ठ गौतम,क्षेत्र नम्बर एकका बिभिन्न बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।