जेष्ठ ३१,
काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलको निधन भएको छ ।
चितवनको माडीमा रहेको निवासमा शुक्रबार बिहान हृदयघात भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको उहाँका पूर्व स्वकीय सचिव ओमनाथ पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार पौडेलको पार्थिव शरीर वसन्तपुरको चौरमा श्रद्धाञ्जलीका लागि राखिएको छ।
परिवारको सल्लाहअनुसार दिनैभरी पौडेलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने तयारी भएको छ। अन्तिम संस्कार कहिले गर्ने भन्नेबारे निर्णय भइनसकेको जनाइएको छ। पौडेल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य हुन्।
पौडेल २०७३ साल भदौमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो । २०२३ साल कात्तिक ४ मा जन्मिएका पौडेलका श्रीमती, बुबा–आमा र २ छोरी छन्।