प्रेमनारायण आचार्य
अर्घाखाँची ३२ जेठ -अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट एक सय ३५ जनाले रोजगारी पाएका छन ।
२८ सय जनाले रोजगारका लागी फार्म भरेको र १ सय ३५ जनालाई ३० दिन काम गर्ने गरी रोजगारी प्रदान गरिएको पाणिनि गाँउ पालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रामजी घिमिरेले सरकार देशको विकास र समृद्धिको बाटोमा अगाडी बढेको बताए । २००७ साल देखी स्थिर सरकार नभएको देशमा तीनै तहका स्थायी सरकार भएकाले देशको विकास निर्माणमा हातेमालो गरेर अगाडी बढेको बताए । उनले राम्रोसंग काम गर्न रोजगारदातालाई आग्रह समेत गरे ।
गाउँपालिका अध्यक्ष अच्युत गौतमले कुरा भन्दा काम गर्ने बानीको विकास गर्न आग्रह गरे । कार्यक्रम प्रभावकारी देखिए गाउँपालिकाले पनि ध्यान दिने बताए । २८ सय जनाले रोजगारका लागी फार्म भरेको र १ सय ३५ जनालाई ३० दिन काम गर्ने गरी रोजगारी प्रदान गरिएको अध्यक्ष गौतमले बताए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले विदेशिएका युुवाहरु पनि स्वदेश फर्किनुपर्ने बताइन । उनले स्वदेशमै बसि काम गर्न आग्रह समेत गरिन् । प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले बाटा खन्ने, कुला बनाउने काम रोजगारदाताले गर्ने बताए । उनले आ–आफनै वडामा काम गर्नुपर्ने रोजगारदातालाई बताए ।