जेष्ठ ३२,
अर्घाखाची
अर्घाखाचीको पाणिनि गाउँपालिका स्तरिय बाल क्लब सञ्जाल गठन तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । । प्रदेश ५ सामाजिक विकास मन्त्रालय र पाणिनि गाउँपालिकाको आर्थिक सहयोग तथा पर्यावरण सचेतन समुहको आयोजनामा सम्पन्न तालिम २७ जना बालबालिकाको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्धघाटन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बालबालिकाको चाहाना अनुसारको शिक्षा दिनका लागी पाणिनी गाउँपालिका तयार रहेको बताए । उनले बालबालिकामा सकारात्मक सोचको विकास हुनुपर्ने बताए ।
सरकारी वलिक हरि घिमिरेले बालबालिका सम्बन्धी निती, नियम, कानुनको बारेमा जानकारी गराएका थिए । बालबालिकाको हितका लागी अभिभावक, विद्यालय, समाज सबैले लागेर सकारात्मक कुराको सन्देश प्रवाह गर्नुपर्ने बताए ।
पाणिनी गाउँपालिकाका नायव सुव्वा रामकुमार भट्टराई, पर्यावरण सचेतन समुहका उपाध्यक्ष सिद्धार्थ केसी, पत्रकार घनश्याम पौडेल लगाएतले बालबालिका देशको कर्णदार भएको बताए ।
देविप्रभा माविका प्रअ हरिप्रसाद घिमिरेको अध्यक्षता, लेखनाथ आचार्यको सञ्चालन र पर्यावरण सचेतन समुहका सचिव नारायण भुसालको स्वागतमा सम्पन्न भएको हो । भेलाले अञ्चलराज भुसालको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा प्रकृति घिमिरे, सचिवमा प्रसिद्ध पाण्डे, सहसचिवमा अनु घिमिरे, कोषाध्यक्षमा अनुप पोख्रेल, सदस्यहरुमा विशाल भट्टराई, उमेश अधिकारी, सिर्जना सोमरे, सागर पाण्डे, सुमन थापा, राजन केसी, निशा उचै, अक्जिता भट्टराई, अनिश परियारलाई चयन गरीएको छ ।