कपिलबस्तु ।
कपिलबस्तुको बाणगङ्गा नगरपालिका जीतपुरको एक होटलमा बुटवल कालिकानगरका एक युवकको रहस्यमय ढंगबाट मृत्यु भएको छ ।
जीतपुर चोक स्थित सिजन होटलमा बसेका बुटवल कालिकानगरका अन्दाजी २८ वर्षका सन्तोष क्षेत्री आज विहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
क्षेत्री अस्तिदेखि सो होटलमा बसेका क्षेत्री आज बिहान कोठा सफा गर्ने क्रममा मृतअवस्थामा देखेको होटल सञ्चालकले बताएका छन् ।
क्षेत्रीसंगै होटलमा बाणगङ्गा नगरपालिका ३ झुंगाका ३६ वर्षिय धुर्वराज पाण्डे हिजोराती साढे ९ बजे सोही होटलमा बसेको र पाण्डे
आज बिहान ७ बजे होटलबाट एक्लै बाहीरीएको खूलन आएको छ ।
प्रहरीले घटना बारे थप जानकारी र अनुसन्धानका लागि धुर्वराज पाण्डेलाई नियन्त्रणमा लिएको छ ।