कावासोती।
नवलपुरको कावासोतीमा एक पुरुषको बेवारीसे शव फेला परेको छ ।
हिजाे कावासोती नगरपालीका १५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायीक वनमा अन्दाजी ३० वर्षको पुरुषको शब फेला परेको हाे ।
शब नग्न छेदविछेद अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।
गैडाले हानेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
हिजाे दिउसो हात्तीलाई नारायणीमा पानी खुवाउन लैजाने क्रममा माउतेहरुले देखि प्रहरीलाई खबर गरी प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरीले बतएको छ ।
शवको पोष्टमार्टमका लागि चितवन स्थीत सरकारी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।