अनिल खत्री , गुल्मी
२ असार, – गुल्मीमा पानी टंकीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्बर ७ ठुलिचौर निवासी ३५ वर्षिय मीना थापा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।
सोमबार बिहान घरमै रहेको टंकीमा डुबेर मृत्यु भएको प्रहरी जनाएको छ । मृतक थापा घरमा सासु ससुरासँग बस्दै आएकी थिइन् ।
उनका २ छोरा छोरी रहेका छन् । श्रीमान रोजगारिको शिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ ।
थापाको शबलाई पोष्ट मार्टको लागि जिल्ला सदरमुकाम ल्याइदै छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।