असार २,
गर्मी बढेसँगै देशभरीको जनजिवन प्रभावित भएको छ । गर्मिकै कारण तराई क्षेत्रका अधिकांस विद्यालयहरु बन्द भएका छन् भने सर्पदंशको समस्या समेत बढेको छ । तराई क्षेत्रमा ४० डिग्रिभन्दा माथिको तापक्रम हुँदा त्यहाँका स्थानीयलाई समस्या भएको छ ।
तराईका अधिकांस ठाउँमा गर्मिकै कारण इनार,पानीको मुहान सुकेका छन् भने खानेपानीको समस्या पनि बढ्दै गएको छ । गर्मि बढेसँगै पहाडि जिल्लाहरुमा पनि पानीको समस्या बढ्दै गएको छ ।
जसले गर्दा स्थानीयहरुको जनजिवन प्रभावित भएको छ ।
यसैबिच सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको बताउनुभयो ।
तराइमा भने सोमबार पनि हिजोअस्ती जस्तै गर्मी हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो ।
पानी परेसँगै आज तापक्रम केही घट्ने सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ ।
गर्मीका कारण अस्पताल बिरामीको संख्यामा बृद्धि भएको छ ।
झाडापखाला, डाईरीया, दमका बिरामीको संख्या बृद्धी भएको लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरीडेन्ट डा कृष्ण खनालले बताउनु भएको छ ।
उहाका अनुसार गर्मि बढे संगै निमोनीया र डाईरीया बिरामीहरु मध्ये ६ महिना देखि ५ बर्ष मुनीका बालबालिकाहरु बढी मात्रामा प्रभाबित भएको र दैनिक रुपमा आउने गरेका छन् ।
गर्मीका कारण बुटवल सहित भैरहवा कपिलवस्तु परासी लगायतका स्थानका अस्पतालको अवस्था पनि उस्तै रहेको छ । पानी नपरेपछि किसानहरु आकाश हेरेर दिन विताउन वाध्य भएका छन् ।
मौसमविज्ञहरुका अनुसार यस वर्ष नेपालमा मनसुन केही साता ढिलो हुने भएको छ। लामो समयसम्म पानी नपर्दा र मनसुन समयमै सुरु नहुँदा तराईमा खपिनसक्नु गर्मी बढेको छ।
गर्मीका कारण सर्वसाधारण कमै मात्रामा घरबाहिर निस्किरहेका छन् भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको उपस्थिति घट्दो छ।