काठमाडौ –
असार २, यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरिरहेको छ ।
अघिल्लो बर्षको तुलनामा केही ढिला भएको बोर्डले जनाएको छ ।
गएको वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ ।
देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइरहेको परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिनुभयो ।
गएको चैत १० गतेबाट शुरु भएको एसईई परीक्षामा नियमिततर्फ चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन ।
बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेको बताइएको छ ।