अर्घाखाची, असार २
अर्घाखाचीको छत्रदेब गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयमा बिद्युतीय हाजिरी राखिने भएको छ । गाउँपालिकाको हाल रहेको शैक्षिक गुणस्तर र शिक्षकको नियमित उपस्थिती कायम गर्न गाउँपालिकाभरका सामुदायिक बिद्यालयमा इ–हाजिरीको व्यवस्था गर्ने निर्णय भएको हो ।
पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत साझदारी मञ्चको बैठकमा गाउँपालिका अध्यक्ष लेखनाथ पाख्रेलले आगामी एक महिना भित्र सबै बिद्यालयमा बिद्युतीय हाजिरी प्रबिधि लागु गर्ने प्रतिबद्धता जनाउनुभयो । पाख्रेलले गाउँपालिकाले मानिसका आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रलाई मध्यनजर गरी सुशासन र जवाफदेहितालाई आत्मसाथ गरिरहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्र सम्बेदनशील रहेको भन्दै स्वास्थ्य क्षेत्रका समस्याहरु क्रमैसँग समाधान गर्दै आएको बताउनुभयो । उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले पारष्परिक जवाफदेहिता र सुशासन अहिलेको महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।