असार २-
बझाङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने ९ जनाको सनाखत भएको छ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि ज्यान गुमाउनेमा मष्टा गाउँपालिका वडा नम्बर–१, का कलक बहादुर खड्का, उहाँका छोरा पनि रहेका छन् । यस्तै जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेको पवडा प्रहरी कार्यालय चैनपुरका सब–इन्सपेक्टर महानन्द जोशीले जानकारी दिनुभयो ।
घाइतेहरुको उद्धारका लागि हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।