असार ३ काठमाण्डौ –
प्रतिपक्षी दलले आफ्नो दलको नेताले सुरुमै बोल्न पाउनुपर्ने माग राखेपछि बिहान ११ बजे बस्ने भनिएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यसूची अनुसार प्रधानमन्त्रीको सम्बोधन सुरूमै तय भए पनि प्रतिपक्षी दलले आफ्नो दलको नेताले सुरुमै बोल्न पाउनुपर्ने माग राखेपछि बिहान ११ बजे बस्ने भनिएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।
प्रधानमन्त्री संसद भवनमा पुगिसक्नुभएको छ । यस विषयमा सत्ता पक्ष र प्रतिपक्षका मुख्य सचेतकहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल भइरहेको छ ।
संबोधनमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे संसदलाई जानकारी गराउने बताइएको छ । साथै उहाँले समसामयिक राजनीतिबारे पनि धारणा राख्ने अधिकारीले जानकारी दिनुभयो ।