३ असार, काठमाडौं – नेपाली कांग्रेसको अवरोध पछि आजको संसद बेठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको हो ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुखले उनीहरुलाई समय नदिई प्रधानमन्त्रीलाई बोल्न समय दिए ।
लगतै उनीहरुले रोष्टम घेराउ गरेका छन् । सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बैठक स्थगित गरेका छन् । संसद्को अर्को बैठक भोलि बस्नेछ ।