असार ४ – आज द्धन्दमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्रा्ष्ट्रिय दिवस । यौन हिंसामा पर्नेहरुका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्व समक्ष उनिहरुको आवाज सुनाउनलाई यो दिवस हरेक वर्ष मनाउने गरिन्छ ।
हरेक वर्ष जुन १९ तारिखमा संयूक्त राष्ट्रसंघले द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्रा्ष्ट्रिय दिवस मनाउने गर्दछ ।
यूद्धका समयमा भएका यौनहिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्धन्द र आफ्नो अस्तित्वका लागि यूद्ध सकिएको दशकौंसम्म पनि संघर्ष गरिरहनु परेको छ ।
संयुक्त राष्ट्रसंघले यसवर्षको द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्रा्ष्ट्रिय दिवसमा यूद्धका समयमा भएका यौनहिंसाका पीडितहरुले भोगेका भेदभाव, लाज अनि समाजले गरेको व्यवहार विरुद्ध आवाज उठाउन पहल गरेको छ । यूद्धग्रस्त देशका नागरीकमाथि यौनहिंसा हुने गरेको राष्ट्रसंले जनाएको छ ।
यस्ता हिंसावाट हजारौंलाखौं मान्छेहरु वर्षेनी पिडित हुने गरेका छन् । । नेपालमै पनि सशस्त्र द्धन्दका समयमा यस्ता धेरै घटना अनि दुव्र्यवहार भएको छ ।