असार ४
हिजो दिउँसो कर्णाली नदिमा खसेको जिप अझै बेपत्ता छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा हिजो मध्यान्ह १२ बजे खसेको लु १ ज ७१६६ नम्बरको जीपको खोजि कार्य जारी भएपनि फेला नपरेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकाहरुको खोजिकार्य आज बिहानैदेखि शुरु गरिएको छ। बेपत्ता भएकाहरुलाई मंगलबार साँझ सम्म खोजि गर्दा नभेटिएपछि बुधबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबलको टोलीले कर्णालीको किनारमा खोजि कार्य शुरु गरिएको हुम्लाका सहयाक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। मंगलबार उद्दारमा गएका ४ वटा हेलिकप्टर मौसम खराब भएका कारण राउन्ड लगाएर फर्केका थिए।
जीप नदीमा खस्दा बेपत्ता हुनेहरुमा गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहितका १० जना रहेका छन्।
भर्खरका गाडी सिकारुले जीप चलाएका कारण यांचुमा जीप दुर्घटना भएको प्रारम्भीक तत्थ्य फेला परेको छ ।