मिलन विश्वकर्मा
असार ४, २०७६
पाल्पा : देशैभरका दलित पत्रकारहरुको राष्ट्रिय भेला पाल्पामा हुने भएको छ। सम्मेलन यही असार १० र ११ गते तानसेनमा हुन लागेको हो। नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको आयोजना र पाल्पा शाखाको आतिथ्यतामा हुने सम्मेलनमा देशभरबाट झण्डै एकसय बढी पत्रकारको सहभागिता रहने छ ।
सम्मेलन सफल पार्नको लागि शाखा अध्यक्ष राजेश कुमार अर्यालको संयोजकत्वमा मुल समिति गठन गरिएको छ। कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रिय तथा प्रदेश पार्शद, विभिन्न संचार माध्यमका प्रमुख यसको सदस्य रहने रहेका छन्।
यस्तै विभिन्न उपसमिति समेत गठन गरिएको छ। महासंघ पाल्पाका शाखाका कोषाध्यक्ष मिलन विश्वकर्माको संयोजकत्वमा सचिवालय गठन गरिएको छ। जसको सदस्यहरुमा कृष्ण दर्नाल, अनिल लिगल, नारायण न्यौपाने, मुक्ति न्यौपाने, रीमा सोमै, र डोलराज विक रहेका छन्। यस्तै जगदिश भट्टराईको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ। जसको सदस्यहरुमा किरण कौशल, मुक्ति न्यौपाने, देव पचभैया र अमृत अधिकारी रहेका छन्।
भगवान भण्डारी संयोजक रहेको अतिथि सत्कार उपसमितिमा रेखिराम राना, रीमा सोमै, मन गहिरे, दुर्गेस मल्ल, सिर्जना घिमिरे सदस्य रहेका छन्। खाद्य तथा आवास व्यवस्थापन समितिको संयोजकमा शाखा उपसभापति भरत शर्मा रहेका छन्। सदस्यहरुमा कमलराज तिमिल्सीना, माधव अर्याल, कृष्ण कार्की, यज्ञमूर्ती तिमिल्सीना रहेका छन्।
यसैगरी राजेन्द्र लिगल संयोजक रहेको मञ्च व्यवस्थापन उपसमितिमा नारायण न्यौपाने, भोजराज भट्टराई, दयाराज न्यौपाने, पदम गैरे सदस्य रहेका छन् भने रेखिराम राना संयोजक रहको स्वयम्सेवक उपसमितिमा नेत्र गैरे, सुनिल कार्की, कमल अधिकारी, सिर्जना घिमिरे, विजय वौडेल, विष्णु घिमिरे, विष्णु पाण्डे, सन्तोष ज्ञवाली सदस्य रहेको सचिव किरण कौशलले जानकारी दिए।
देशैभरका पत्रकार सहभागी हुने सम्मेलनले पाल्पाको पर्यटकीय क्षेत्रको थप विकासका लागि टेवा पुग्ने र प्रचार प्रसार हुने महासंघ अध्यक्ष अर्यालले दावी गरे। उनले भने, यो सम्मेलन सफल पार्ने दायित्व आम पाल्पालीको भएकोले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दछु।