काठमाडौं ।
२०७४ सालमा सम्पन्न तिन वटै निर्वाचनका बागि उमेद्वार लाई नेपाली कांग्रेसले कार्वाही गरेको छ ।
स्थानीय तह, प्रदेश सभा एवं संघीय संसदको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध वागी उम्मेदवार
बनेकाहरुलाई नेपाली कांग्रेसले कार्वाही गरेको छ ।
नेपाली कांग्रेसद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘उम्मेदवारका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका,
नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहित को धारा ३४ को उपधारा ४ क बमोजिम
कारवाही भएकोले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बसेको बैठकले गरेको निर्णय बमोजिम कार्वाही गरेको छ ।
विज्ञप्तीमा उल्लेख भए अनुसार त्यस्ता वागी, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन गरेको छ ।
साथै, त्यस्ता वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लाहरुलाई तत्काल नामावली पठाईदिन समेत निर्देशन गरिएको छ ।