कालीदास आत्रेय
असार ५, गुल्मी –
गुल्मीको छत्रकोट गाउपालीका वडा नम्बर ६ दौघामा १ महिने बुटिक तालिम सम्पन्न भएको छ ।
छत्रकोट गाउपालीका वडा नम्बर ६ दौघाका १० जना महिलाहरु सहभागि भएको उक्त तालिमको प्रशिक्षक सरिता श्रेष्ठ र माया परियार रहनुभएको थियो ।वडा नम्बर ६ का वडा अध्यक्ष थम्मन ज्ञवाली को अध्यक्षतामा सम्पन्न तालिममा सहभागिहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
सो अबसरमा सरिता ज्ञवाली, सहभागिको तर्फबाट मिना ज्ञवाली, प्रशिक्षक सरिता श्रेष्ठ र कार्यपालीका सदस्य कमला ढकालले मन्तब्य राख्नुभएको थियो ।
समापन कार्यक्रम वडा सचिव अशोक श्रेष्ठको सन्चालनमा सम्पन्न भएको थियो ।