धादिङ,
असार ६ –
धादिङको गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्छि गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिय राजु रम्तेल, सोहि स्थानका ३२ बर्षिय सेते मिजार,गल्छि गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षिया कान्छि भुजेल र सोही स्थान बस्ने ३५ बर्षिया नानु तामाङ रहेका छन् ।
यस्तै २१ वर्षीय समिक्षा अधिकारीको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । दुर्घटनामा परि १० जना घाईते भएका छन् ।
घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि काठमाण्डौं पठाईएको छ । गल्छिको सिरुबानीबाट बैरैनीका लागि छुटेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको हो । बोलेरो जीप गाउँबाट तरकारी सहित यात्रु लिएर बैरेनी बजार तर्फ आउदै थियो ।
हिजो पनि धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ डाँडागाउँस्थित पाङग्रेखोलाको उकालोमा बोलेरो जिप दुर्घटना हुँदा १ को मृत्यु ४ जना घाईते भएका थिए ।