प्रेमनारायण आचार्य ,
अर्घाखाँची ६ असार – मालारानीको वडा नम्वर ४ खनमा भएको अनियमितता तत्काल बन्द गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
वडामा हुने विकास निर्माण तथा अन्य कार्यहरुमा नेकपाले एक्लौटी काम गरेको, काममा पारदर्शिता नभएको, उपभोक्ता समितिहरु एक्लौटी बनाएर आर्थिक पारर्सिता नगरेको भन्दै नेपाली कांग्रेस मालारानी ४ खनले वार्ड कार्यालयले ६ बुदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रधानम्नत्री स्वरोजगार कार्यक्रममा कामदार बन्न नेकपाको सदस्य भए मात्र पाउने नत्र नपाउने गरि नेकपाका कार्यकर्ता मात्र भर्ती गरेको, सामाजिक सुरक्षा कार्यक्रमको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा पनि राजनिति गरेका नेकपाका ज्येष्ठ नागरिक बोलाएर कांग्रेसका ज्येष्ठ नागरिकलाइ कार्यक्रमबाट बञ्चित गरेको, ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
बिकासका योजनाहरुमा आफ्ना नजिकका आसेपासेका मेसिनरी औजारहरु प्रयोग गरेको सुचीकृत भएका निर्माण कम्पनी तथा कनट्रक्सनलाइ खबरनै नगरेको, जस्ता बुदाहरु ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
योजना तथा, समग्र वडाको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण गरेको नदेखिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षणपत्र नेपाली कांग्रेस मालारानीका सभापति शोभाखर खनाल , मालारानी ४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुको उपस्थितिमा वडा अध्यक्षलाइ बुझाएका हुन ।
ध्यानाकर्षण पत्र बुझाएपछि नेपाली कांग्रेस मालारानीका सभापति शोभाखर खनाल , मालारानी ४ का इन्चार्ज कृष्ण खनाल लगायतका नेताहरुले कार्यक्रतालाइ सम्बोधन गरेका थिए ।