सागर कंडेल,
असार ७ –
छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मदतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्।
सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्।
बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल टि-२० खेल्ने भएपछि उनि पुनः चर्चाको शिखरमा छन्।
(अगस्ट -२ -2000) Ad मा नेपालको स्याङ्जा जिल्लाको आरुचौर तालपोखरीमा जन्मिएका हुन ।
बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल खेल्ने पहिली नेपाली खेलाडी पनि सन्दीप लामिछाने नै हुन।
बङ्गलादेश यु-१९ बिश्वकपमा सन्दिपको लेग स्पिनले निकै टर्न लिएपछि कमेन्टेटरहरुले उनलाई बिश्व प्रख्यात लेग स्पिनर शेनवार्नसंग तुलना गरेका थिए। त्यसबखत बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनलाई नेपाली शेन वार्न भनेर समाचार लेखेका थिए।
यु – १९ बिश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दिपले २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासंगको आईसीसी बिश्व क्रिकेट लिग म्याचमा नेपाली रास्ट्रिय क्रिकेट टिमको लागि खेल्ने मौका पाएका थिए। त्यसपछि सन्दिप रास्ट्रिय टिमको लागि लगातार खेलीरहेका छन्।
रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेपछि सन्दिपले हंगकंगलाई घरेलु टि-२० प्रतियोगिता हंगकंग टि-२० ब्लीटज २०१६ खेल्न बोलाईएको थियो। त्यहाँ उनले अस्ट्रेलियन पुर्ब कप्तान माईकल क्लार्कसंग काउलुन क्यान्टोन क्लबबाट खेल्ने मौका पाएका थिए।
सन्दिपले चितवनको नारायणगढ स्थित क्याम्पसचौरमा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन्। उनलाई त्यहाँ पुर्ब रास्ट्रिय क्रिकेट खेलाडी राजु खड्काले क्रिकेट सिकाएका थिए। त्यस पछि निरन्तर खेल क्षेत्रमा लगेका उनी हाल भने नेपाली क्रिकेट गजत का मिसाल भन्दै गयका छन।
उन्ले नेपालमा मात्र नभएर अन्य देशका क्रिकेट प्रेमी को पनि माया पाउन थालेका छन।
IPl 2019 मा दिल्ली को लागि खेलेका उनी राम्रो प्रदर्शन गरेपछि हाल उन्को माग र चर्चा बिश्व भरी हुदै आएको छ ।