असार ७, काठमाडौ –
नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिररहेको छ ।
जारी बैठकमा पार्टीको मूल राजनीतिक दस्ताबेजमाथि छलफल हुने छ ।
पार्टीको अन्तरिम कालीन कार्यदिशामा अन्योल देखिएपछि नेकपाले पुनः मूल राजनीतिक प्रतिवेदनमाथि छलफल चलाउन लागेको हो । बैठकमा पार्टीका विभागहरू गठन र केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटका विषयमा पनि छलफल हुने छ । पार्टी एकीकरण सम्पन्न भएको १३ महिनासम्म मूल राजनीतिक दस्तावेज प्रकाशन नहुँदा नेता–कार्यकर्ता पङ्क्तिमा कार्यदिशाकै बारेमा अन्योल देखिएकाले पुनः सचिवालयबाट सुझाव लिएर प्रकाशन गर्ने गरी आजको बैठकमा अजेन्डाकै रूपमा छलफल हुन लागेको हो ।