अनिल खत्री
८ असार, गुल्मी –
लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले उच्च राशीको पुरस्कार सहित सुरु गरेको लोक गायन प्रतियोगिताको तेस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ ।

गत बैशाख १५ गतेबाट सुरु गरिएको ‘गुल्मी लोकतारा २०७६ सिजन २’ को तेस्रो चरणको छनोट कार्यक्रम सदरमुकाम तम्घासमा सम्पन्न भएको हो ।
गुल्मी जिल्लाको बिभिन्न ग्रामीण स्थानमा पहिलो चरण १ सय ६७ जनाबाट छनोेट भएका मध्ये देस्रो चरण ३५ जना र २१ जना तेस्रो चरणमा छनोट भएका थिए । तेस्रो चरणमा छनोट भएका प्रतियोगिले लोक बिधामा प्रस्तुति राखेका थिए ।

प्रतियोगि मध्ये तेस्रो चरणको लागि १० जना छनोट भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले बताए
। अन्तिम चरणका लागि धनमायाँ राना मुसिकोट नगरपालिका, खिमा नेपाली सत्यवती गाउँपालिका, झग बहादुर बुढा, कालीगण्डी गाउँपालिका, सम्झना कुँवर इस्मा गाउँपालिका, निश्चल गुरुङ्ग गोर्खा, लालिमायाँ कुँवर सत्यवती गाउँपालिका, लक्ष्मण सुनार गुल्मी दरबार गाउँपालिका, कमल बिक रुरु गाउँपालिका, खिम काउछा धुर्कोट गाउँपालिका, गगन सिंजालस् इस्मा गाउँपालिका छनोट भएका हुन् ।

छनोट भएका प्रतियोगिले अन्तिम चरणको कार्यक्रममा लाइभ म्युजिकमा गाउनु पर्ने नियम बताइएको अध्यक्ष पन्थले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ५० हजार, कप र प्रमाणपत्र , द्धितिय हुनेले नगद रु ३० हजार , कप र प्रमाणपत्र, तृतिय हुनेले नगद रु २० हजार कप र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक बसन्त खत्रीले बताए । तेस्रो चरणको छनोट कार्यक्रममा प्रतिष्ठान प्रदेश ५ अध्यक्ष डिल्लीनारायण पाण्डेय, प्रदेश संयोजक लक्ष्मण खड्का, सदस्य पुरुषोतम गैरे, प्रतिष्ठान गुल्मीका गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले निर्णयकको भूमिका गरेका थिए ।

यस कार्यक्रमबाट पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत,लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग पुग्ने आयोजकले उदेश्य राखेको छ ।
प्रतिष्ठान गुल्मी शाखाले ०७१ सालमा पनि यस्तो कार्यक्रम गरेको थियो । अडिसनबाट उत्कृष्ट २ जना छनोट गरिे आफनै लगानिमा लोक गीत रेकर्ड म्युजिक भिडियो निमार्ण गरिदिएको पन्थले बताए ।