रुपन्देही ,
असार ८ –
चन्द्रकोट – रुपन्देही सम्पर्क समाज मन्चको शनिबार एक कार्यक्रमका बिच सम्पर्क मञ्च गठन गरिएको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट रुपन्देहीका गई विभिन्न स्थानमा पेशा व्यवसाय गर्नेहरुको तिलोत्तमाको ड्राईभर टोलमा भएको भेलाले चन्द्रकोट रुपन्देही सम्पर्क मञ्च गठन गरेको हो ।
भेलाले समाजसेवी देव गुरुङको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको छ । मञ्चको उपाध्यक्षमा घनश्याम गौतम, श्याम बस्नेत, सचिवमा चिरन अर्याल, कोषाध्यक्षमा शोभित श्रेष्ठ र सहसचिवमा मिना कार्की चयन भएका छन् ।
सदस्यहरुमा कृष्णप्रसाद गौतम, होमनाथ अर्याल, इन्द्रबहादुर दर्लामी, नवराज खरेल, भुपाल गुरुङ, नरेश खत्री, अशोक दर्लामी, होम गलामी, प्रकाश भण्डारी, चिन्तामणी कंडेल, प्रविन भण्डारी, डिलाराम गौतम, कमल खत्री, देवीप्रसाद सापकोटा, दुर्गा खत्री, प्यारा पुन र अस्मिता सापकोटा रहेका छन् ।
भेलाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन गर्दै मन्त्री बरालले जन्मभुमी प्रतिको कर्तब्य बोध गर्दै जुटेर सहयोग गर्नु सबै नागरिकको दायित्व रहेको बताउनुभएको थियो ।
उहाँले विकास र रोजगारीका क्षेत्रमा जन्मथलो भन्दा बाहिर बसेर कर्मथलोबाट सहयोग गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपाका प्रदेश सदस्य युवराज केसी, रुपन्देहीका जिल्ला सदस्य यज्ञ गैरेलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
भेलामा गुल्मीको चन्द्रकोट गाउँपालिकाका ८ वटै वडा बाट रुपन्देहीमा गएर बसोबास गर्ने समाजसेवी, व्यवसायी, पेशाकर्मी, बुद्धिजिवी, विभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तित्व लगायतको सहभागिता रहेको थियो ।
भेलाको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै मन्त्री बरालले जन्मभुमी प्रतिको कर्तब्य बोध गर्दै जुटेर सहयोग गर्नु सबै नागरिकको दायित्व रहेको बताउनुभएको थियो ।
उहाँले विकास र रोजगारीका क्षेत्रमा जन्मथलो भन्दा बाहिर बसेर कर्मथलोबाट सहयोग गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रम चिरन अर्यालको संचालनमा सम्पन्न भएको थियो ।