असार ८ –
बालगृहमा राखिएका २४ जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
काठमाण्डौको सुकेधारामा रहेको ऐश्वर्य बालगृहमा राखिएका हुम्लाका बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको हो ।
बालगृहबाट उद्धार गरिएका हुम्लाका २४ जना बालबालिकालाई प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सम्बन्धित वडाध्यक्ष र सुरक्षा निकायको रोहबरमा अभिभावकलाई बुझाइएको छ ।
अवैध रुपमा विभिन्न जिल्लाबाट ऐश्वर्य बालगृहमा पुर्याइएका १ सय २४ जनामध्ये हुम्लाका ८४ जना बालबालिका रहेको उक्त संस्थाले जनाएको छ ।
उसले आवश्यक मापदण्ड नै पूरा नगरी बालगृह सञ्चालन गरिरहेको थियो ।