८ असार,
काठमाडौं –
आज ९ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइएको छ ।
‘एकल महिलाहरुको आर्थिक शसक्तिकरण दिगो विकासको लक्ष्यको आधार’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
मानवअधिकारका लागि महिला, एकल महिला समूहले ९ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाएको छ ।
बूढानिलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ र ७ का ५४ जना जेष्ठ एकल महिलालाई सम्मान पनि गरिएको छ ।