काठमाडौ, असार ८ –
सरकारले पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्ने भएको छ ।
पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिक समेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलियम पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाले यस्तो बताउनुभएको हो ।
यस्तै सरकारले दैलेखको पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्ने भएको छ ।
यस्तै सरकारले नवलपरासीको धौवादीमा रहेको फलामखानीको उत्खननको प्रक्रियासमेत अगाडि बढाएको उहाले जानकारी दिनुभयो ।
उहाले उपलब्ध साधनस्रोतको उपयोग गरी बजार अनुगमन गरिएको, गुणस्तरीय वस्तु उपभोक्तालाई उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहेको बताउनुभयो ।
गत जेठ मसान्तसम्म एक हजार ५४५ वटा फर्मको अनुगमन गरिएको उल्लेख गर्दै मन्त्री यादवले १४५ फर्मलाई जरिवाना गरिएको जानकारी दिनुभयो ।
उहाले एक फर्मको अनुमतिपत्र खारेज गरिएको र छ वटा फर्मलाई कारवाहीका लागि सम्बन्धित निकायलाई पठाइएको र तीन वटालाई मुद्दा चलाइएको उल्लेख गर्नुभयो ।यस्तै गुणस्तर तथा नापतौल विभागबाट १४५ वटा गुणस्तर चिह्न प्राप्त गरेका फर्म र अन्य १६९ फर्मको अनुमगन गरिएको छ ।
अनुगमनका क्रममा कूल ११ प्रकारका सामग्रीको बिक्री रोक्का गरिएको र १३ वटाको गुणस्तर चिह्न स्थगन गरिएको मन्त्री यादवले बताउनुभयो।
यस्तै उपभोक्ता ठगी गर्ने २१ वटा पेट्रोलपम्पलाई कारवाही गरिएको मन्त्री यादवको भनाइ छ ।
सरकारले पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्ने भएको छ ।
पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिक समेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलियम पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनुभएको छ ।